५ श्रावण २०८३, मंगलबार | July 21, 2026

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो



बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको पहुँच ९ लाख बढी घरधुरीमा पुगेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापना भएको वल्ड लिंकले हालै ग्राहक सङ्ख्याकोहिसाबले नयाँ उचाई हासिल गरेको हो ।

वर्ल्ड लिंक कम्युनिकेसन्सको हालसम्म जडान भएका घरपरिवारको सङ्ख्या ९ लाख नाघेको छ । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्ड लिंकको यात्रा सुरू भएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले विक्रम संवत् २०७४ सालको जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्शन उपलब्ध गराउन सफल भएको थियो । त्यसको एक वर्षपछि अर्थात् २०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई लाख नाघेका थिए भने सोही वर्षको माघ महिनामा अर्को आँकडा पार गर्दै कम्पनीले तीन लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो ।

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले विसं २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वल्ड लिंक अर्को नयाँ उचाइ छोएको हो । यसरी कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा थप एक लाख ग्राहक बढाएको बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार हाल कम्पनीले नेपालको कुल इन्टरनेट बजारको ३५ प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ भने हाल देशको कुल इन्टरनेट ट्राफिक मध्ये ४० प्रतिशत वर्ल्ड लिंक मार्फत नै प्रवाह हुने गरेको छ ।

हाल वल्र्डलिंकमा ५३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । कुल १३० शाखा मार्फत कम्पनीले देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । बाँकी रहेका ४ जिल्लामा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ । वल्र्डलिंकले दुई वर्ष अघि दुई ठूलो विदेशी लगानीकर्ता ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्ड (डीआईएफआईआई) मार्फत दूरसञ्चार क्षेत्रमा विदेशी लगानी भित्र्याउन सफल भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ६ : ०० बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत