१६ भदौ २०८३, मंगलबार | September 1, 2026

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

दूतावासले वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष ११९ विद्यालयका १८० विद्यार्थीले छात्रवृत्ति पाएका छन् । साथै उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको थियो ।

काठमाडौंको हायात प्लेसमा १२औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी थिए । अधिकारीले नेपाली विद्यार्थीहरूलाई “एम्बेसेडर अफ पाकिस्तान स्कॉलरशिप” प्रदान गरे। यो छात्रवृत्ति विभिन्न विद्यालयका सम्बन्धित प्रधानाध्यापकहरूद्वारा चयन गरिएका योग्य विद्यार्थीहरुलाई प्रदान गरिन्छ ।

कार्यक्रममा बोल्दै शिक्षासचिव अधिकारीले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर सहयोग र प्राविधिक सहयोग गरेकोमा प्रशंसा गरे ।

त्यसअवसरमा पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पाकिस्तानले नेपालमा छात्रवृत्ति कार्यक्रम र तेस्रो तहदेखि माध्यमिक शिक्षासम्मको सहयोग विस्तारका लागि आफ्नो प्रयास जारी राख्ने बताए ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रमले धेरै विद्यार्थीहरु लाभाविन्वत हुँदैआएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : २० बजे

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको