११ श्रावण २०८३, सोमबार | July 27, 2026

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’



बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक रिर्सोटमा ‘बिटुबि कन्टेक्ट २०२४’ आयोजना गर्न लागेको हो ।

कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका प्रमुख तथा सदस्यहरुको सहभागीता रहने मञ्चले जनाएको छ । चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सबै सदस्य तथा प्रतिनिधीहरुको सहभागीता हुने आयोजक संस्था युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । कार्यक्रमको तयारी सबै पुरा भएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठको अनुसार कार्यक्रममा नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर पवित्र गौतमले सहजीकरण गर्ने छन् भने कार्यक्रमको मुख्य वक्ताको रुपमा मान्सी अग्रवाल रहेकी छिन् । उनीहरुले उद्यमशील नेटवर्किङ सम्बन्धि तालिम प्रदान गर्ने तथा बिटुबि सत्र हुने जनाइएको छ ।

युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामोसमय देखि युवा उद्यमीहरुको पक्षमा विभिन्न काम गर्दै आएको छ । यो भन्दा पहिला युवा उद्यमशिलता विकासको लागि समेत उत्प्रेणात्मक कार्यक्रम गर्दै आएको थियो । यसको अलवा मञ्चले मोबाईल मेला, जुत्ता मेला , युवा उद्ध्यमी सम्मेलन, युवा उदयामशील बुट क्याम्प, नेपाल उत्पादीत बस्तुको मेला (मेडईन नेपाल) समेत आयोजना गर्दै आएको छ । मञ्चले अन्तर उत्प्रेणात्मक कार्यक्रम समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ५१ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०