३२ असार २०८३, बिहिबार | July 17, 2026

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत



हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा आज दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट आइपुगेका हुन् ।

सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालक स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर यहाँ आइपुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुगेको जनाइएको छ ।

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिका प्रोपाइटर प्रेम कार्कीले सोही खण्डका लागि डिजेलको आवश्यक परेपछि टिपर हुम्ला ल्याइएको बताए ।

उनले च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले उक्त सवारी गुड्नका लागि अनुमति दिएको हो ।

छारे भिरबाट ती सवारी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि टिपरलाई यहाँ आउन अनुमति प्राप्त भएको प्रोपाइटर कार्कीले बताए । टिपरले खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर आएका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनै पनि सवारी साधन र मानिसलाई सोही सडकबाट आवतजावत गर्न दिएको छैन ।

उत्तरी नाम्खाको च्याछरा सडक छिचोल्न बाँकी रहेको १७ किलोमिटर सडकका लागि अझै ३० हजार लिटर डिजेल आवश्यक पर्ने उनले बताए । च्याछरा सडकखण्ड आगामी असार १० गतेसम्म ठूला सवारी साधन गुड्नसक्ने बनाउने लक्ष्य भए पनि आवश्यक ‘म्याट्रल’ नहुँदा ढिलाइ भएको हो । उक्त सडक खण्डलाई असारमा ठूला सवारी सामान्य आवतजावत गर्न सकिने गरी कात्तिकमा सम्पन्न गर्ने कार्कीले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : १६ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना