२९ भदौ २०८३, सोमबार | September 14, 2026

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु



खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक जना किशोरको दाहसंस्कारका लागि स्मसान घाट जाँदै गरेको ट्याक्टरले कुल्चिएर ३ वर्षिय बालकको मृत्यु भएको छ ।

बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीमा दाहसंस्कारको दाउरा र मलामी बोकेको ट्याक्टरले किचेर स्थानीय ३ वर्षिय बालक हिमांसु शाहीको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार मानखोलामा माटो निकाल्ने क्रममा माटोको ढिस्कोले परेर स्थानीय १७ वर्षिय किशोर दीपेश ठकुरीको मृत्यु भएको थियो । ठकुरीको शवको पोष्टमार्टम पछि दाहसंस्कारका लागि मानखोला तर्फ जाने क्रममा लु ४ त ४५७५ नम्बरको ट्याक्टरले किचेर बालक शाहीको मृत्यु भएको हो ।

अत्याधिक गर्मी छल्न ट्याक्टरको छाँयामा बसेका बालकलाई चालकले नहेरी ट्याक्टर चलाउँदा ट्याक्टरको चक्काले बालकलाई किचेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ०१ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७