३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु



खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक जना किशोरको दाहसंस्कारका लागि स्मसान घाट जाँदै गरेको ट्याक्टरले कुल्चिएर ३ वर्षिय बालकको मृत्यु भएको छ ।

बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीमा दाहसंस्कारको दाउरा र मलामी बोकेको ट्याक्टरले किचेर स्थानीय ३ वर्षिय बालक हिमांसु शाहीको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार मानखोलामा माटो निकाल्ने क्रममा माटोको ढिस्कोले परेर स्थानीय १७ वर्षिय किशोर दीपेश ठकुरीको मृत्यु भएको थियो । ठकुरीको शवको पोष्टमार्टम पछि दाहसंस्कारका लागि मानखोला तर्फ जाने क्रममा लु ४ त ४५७५ नम्बरको ट्याक्टरले किचेर बालक शाहीको मृत्यु भएको हो ।

अत्याधिक गर्मी छल्न ट्याक्टरको छाँयामा बसेका बालकलाई चालकले नहेरी ट्याक्टर चलाउँदा ट्याक्टरको चक्काले बालकलाई किचेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ०१ बजे

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार