८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत आज शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गरेका छन् ।

श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीले आह्वान पनि गरेका छन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : २८ बजे

योगेशको टिप्पणी – संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो

काठमाडौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न

४६ वर्षमा पूरा नभएको लुम्बिनीको गुरुयोजना कहिले होला सम्पन्न ?

बुटवल । आज भन्दा ५७ वर्ष अगाडिसम्म गौतम बुद्ध लुम्बिनीमा

आफ्नो फाइल खेल्न सरकारलाई आरजुको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा

धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई एमाले अध्यक्ष ओलीको आग्रह

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले