४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल



काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौथो खेलमा पनि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । मध्याह्न सवा १२ देखि सुरु हुने खेलमा पनि वेस्ट इन्डिजले टस जित्दै नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ ।

सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

नेपालले अर्को महिना वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी(२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेकाले यो खेल नेपाली टोलीका लागि परीक्षा हुनेछ ।

कप्तान रोहितले सुरुआती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १२ : ०१ बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबार स्थगित