२४ माघ २०८२, शनिबार | February 7, 2026

साढे सात महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत



पर्वत । साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन् ।

खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन् । वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ समेत उम्रिन पाएको थिएन ।

सिँचाइको सुविधा भएका ठाउँका किसानभन्दा सिँचाइको सुविधा नभएका ठाउँका किसानलाई ठूलो राहत मिलेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको छ । वर्षा भएपछि किसान मकै गोडमेल गर्न व्यस्त हुन थालेका छन् ।

गएको असोज पहिलो साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । पर्वतमा सिँचाइ सुविधा पुगेको झन्डै आठ हजार हेक्टरबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने बाध्यता छ ।

यसवर्ष खेतमा मकै लगाउन ढिला भएकाले अधिकांश किसानले बाँझै राखेको सापकोटाले बताए । ढिलोगरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलुलगाउन भने सहज भएको किसानको भनाइ छ । हरेक वर्षको एकपटक हिउँ पर्ने पर्वतको बनौँ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन र गहुँ बाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताए । त्यसबाहेक फापर, जौ, आलुलगायत मौसमी तथा बेमौसमी तरकारीबाली समेत प्रभावित बनेको छ ।

वर्षा भएपछि वनजङ्गलमा लागिरहेको डढेलो पनि नियन्त्रणमा आएको छ भने प्रदूषण समेत क्रमशः घट्दै गएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : १६ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस