१५ माघ २०८२, बिहिबार | January 29, 2026

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग



विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

आज प्रदेश प्रमुखलाई भटेर एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका प्रदेशसभा सदस्यहरूले त्यस्तो माग गरेका हुन । उनीहरूले यही वैशाख ६ गतेको प्रदेशसभा बैठकले पारित गरेको सङ्कल्प प्रस्ताव स्मरण गराउँदै तत्काल सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरे ।

नेपालको संविधानको धारा १८३(३) बमोजिम कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरी मुख्यमन्त्री केदार कार्कीलाई विसं २०८० चैत २६ गतेको मितिले संविधानको धारा १८८(२) बमोजिमको अवधिभित्र अर्थात ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरिएको र सोबारे मुख्यमन्त्री कार्कीले जानकारी पाइसकेको उनीहरूको भनाइ छ ।

आफू अल्पमतमा परेको भए पनि संविधानको धारा १८८(२) बमोजिम विश्वासको मतप्राप्त गर्ने प्रयोजनका लागि समयावधिभित्र प्रदेशसभाको अधिवेशन आह्वान नगरेको तथा राजिनामा पनि नदिएकाले कार्कीले मुख्यमन्त्री पदको संवैधानिक हैसियत गुमाएको उनीहरूको दावी छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ५५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला