८ कार्तिक २०८३, आइतबार | October 25, 2026

कोशीमा हिम्मत कार्की मुख्यमन्त्रीमा दाबी पेश गर्दै, केदार कार्की सर्वोच्च जाँदै



काठमाडौं । कोशीका प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै त्यहाँको राजनीति थप पेचिलो बन्दै गएको छ ।

गएराति प्रदेशप्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । त्यसलगत्तै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा हिम्मत कार्कीले नयाँ सरकार गठनको दाबी पेश गर्ने तयारी गरेका छन् ।

सरकार गठनका लागि दुई दिनको समय दिए पनि एमाले माओवादी नेताहरुले आजै प्रदेशप्रमुख समक्ष हिम्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका हुन् । उनीहरुले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत समेत आजै गराउने भएका छन् । कार्की यसअघि दुई पटक मुख्यमन्त्री भैसकेका छन् ।

अर्कोतिर, आफु नै मुख्यमन्त्रीमा रहेको दाबी गर्दै केदार कार्कीले प्रदेश प्रमुखको सरकार गठन आह्वान विरुद्ध सर्वोच्चमा रिट दायर गर्ने भएका छन् । कार्की सोही प्रयोजनका लागि बिहीबार बिहानै विराटनगरबाट काठमाडौं आइपुगेका छन् । आफु मुख्यमन्त्रीमा रहेकै बेलामा यसरी सरकार गठनको आह्वान गर्नु संविधान विपरित भएको कार्कीले तर्क गरेका छन् ।

सत्ता राजनीतिको चेपुवामा परेको कोशी प्रदेशमा डेढवर्षको बीचमा ५ वटा सरकार परिवर्तन भैसकेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : २६ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा