१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द



मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै सञ्चालनमा गम्भीर अवरोध गरेको एक दिनपछि एयर इन्डियाको बजेट वाहक सहायक कम्पनीले बिहीबार ७४ वटा उडानहरू रद्द गरेको छ ।

भारी ऋणग्रस्त वाहकलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय समूह टाटा समूहले एयरलाइनलाई अधिग्रहण गरेको थियो । मिडिया रिपोर्टले अचानक सामूहिक बिरामी बिदालाई यसको नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिहरूमा कर्मचारीहरूको असन्तुष्टिसँग जोडेको छ ।

“हाम्रा पाहुनाहरूलाई असुविधा कम गर्न हरसम्भव प्रयास गरिएको छ तर बिहीबार ७४ वटा उडान रद्द गर्न बाध्य भएका छौँ”, एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमा भनेको छ ।

कर्मचारी अभावका कारण मङ्गलबारदेखि ९० भन्दा बढी उडान ‘अवरुद्ध’ भएको एयरलाइन्सले बुधबारको विज्ञप्तिमा जनाएको थियो । प्रमुख कार्यकारी आलोक सिंहले आगामी दिनमा एयरलाइन्सले आफ्नो उडान तालिका घटाउन बाध्य भएको बताए ।

“हिजो साँझदेखि हाम्रा एक सयभन्दा बढी चालक दलका सदस्यहरूले आफ्नो निर्धारित ड्युुटीअघि अन्तिम समयमा बिरामी भएको सूचना दिनुभयो, यसबाट हाम्रो परिचालन गम्भीररूपमा अवरुद्ध भए”, उनले भने, “यो कार्यले निश्चितरूपमा ड्युटीको आग्रहलाई प्रतिक्रिया दिन जारी राख्ने कम्पनीका दुई हजार चालक दलका सदस्यहरूको प्रतिनिधित्व गर्दैन ।”

मिडिया रिपोर्टहरूमा बजेट वाहकले कम्तीमा २० कर्मचारीलाई बर्खास्त गरेको जनाइएको छ । एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले बिहीबार एयरलाइन्सले थप विवरण उल्लेख नगरी केही व्यक्तिविरुद्ध उचित कदम चालेको जानकारी दिए । “हामीले केही व्यक्तिविरुद्ध उचित कदम चालेका छौँ किनकी उनीहरूको कार्यबाट हाम्रा पाहुनाहरूलाई गम्भीर असुविधा भएको छ”, उनले भने ।

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रोशित यात्रुहरूले ढिलाइ र रद्द गरिएका उडानहरूको अपडेट प्रतीक्षा गरिरहेका कारण नयाँदिल्ली विमानस्थलमा बुधबार अराजक दृश्यहरू देखिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : २८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई