१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द



मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै सञ्चालनमा गम्भीर अवरोध गरेको एक दिनपछि एयर इन्डियाको बजेट वाहक सहायक कम्पनीले बिहीबार ७४ वटा उडानहरू रद्द गरेको छ ।

भारी ऋणग्रस्त वाहकलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय समूह टाटा समूहले एयरलाइनलाई अधिग्रहण गरेको थियो । मिडिया रिपोर्टले अचानक सामूहिक बिरामी बिदालाई यसको नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिहरूमा कर्मचारीहरूको असन्तुष्टिसँग जोडेको छ ।

“हाम्रा पाहुनाहरूलाई असुविधा कम गर्न हरसम्भव प्रयास गरिएको छ तर बिहीबार ७४ वटा उडान रद्द गर्न बाध्य भएका छौँ”, एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमा भनेको छ ।

कर्मचारी अभावका कारण मङ्गलबारदेखि ९० भन्दा बढी उडान ‘अवरुद्ध’ भएको एयरलाइन्सले बुधबारको विज्ञप्तिमा जनाएको थियो । प्रमुख कार्यकारी आलोक सिंहले आगामी दिनमा एयरलाइन्सले आफ्नो उडान तालिका घटाउन बाध्य भएको बताए ।

“हिजो साँझदेखि हाम्रा एक सयभन्दा बढी चालक दलका सदस्यहरूले आफ्नो निर्धारित ड्युुटीअघि अन्तिम समयमा बिरामी भएको सूचना दिनुभयो, यसबाट हाम्रो परिचालन गम्भीररूपमा अवरुद्ध भए”, उनले भने, “यो कार्यले निश्चितरूपमा ड्युटीको आग्रहलाई प्रतिक्रिया दिन जारी राख्ने कम्पनीका दुई हजार चालक दलका सदस्यहरूको प्रतिनिधित्व गर्दैन ।”

मिडिया रिपोर्टहरूमा बजेट वाहकले कम्तीमा २० कर्मचारीलाई बर्खास्त गरेको जनाइएको छ । एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले बिहीबार एयरलाइन्सले थप विवरण उल्लेख नगरी केही व्यक्तिविरुद्ध उचित कदम चालेको जानकारी दिए । “हामीले केही व्यक्तिविरुद्ध उचित कदम चालेका छौँ किनकी उनीहरूको कार्यबाट हाम्रा पाहुनाहरूलाई गम्भीर असुविधा भएको छ”, उनले भने ।

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रोशित यात्रुहरूले ढिलाइ र रद्द गरिएका उडानहरूको अपडेट प्रतीक्षा गरिरहेका कारण नयाँदिल्ली विमानस्थलमा बुधबार अराजक दृश्यहरू देखिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले