४ असार २०८२, बुधबार | June 18, 2025

दिल्लीका मुख्मन्त्री केजरीवाललाई रिहा गर्न भारतको सर्वोच्च अदालतको आदेश



नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उनलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।

राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा मेदीको सामना गर्नका लागि गठित विपक्षी गठबन्धनका नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो ।

विपक्षी दलहरुले निर्वाचनभन्दा एक महिनाअघि उनको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा वर्णन गरेकाछन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवाल छ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्ने जनाएकाछन् । उनी जुन २ तारिखमा पुनः तिहाड जेलमा पुगेर आत्मसमर्पण गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ४७ बजे

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक