४ पुस २०८२, शुक्रबार | December 20, 2025

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडदै



बुटवल । बुटवलमा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडने भएका छन । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरेको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडने भएका हुन ।

शुक्रबार भएको खेलमा बुटवल र तिलोत्तमाले जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो ।

बुटवल उपमहानगरले सुद्धोधन गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उसले २५-६, २५-१३ र २५-१२ को सोझो सेटमा जित दर्ता गरेको हो । यसैगरी तिलोत्तमा नगरपालिकाले गैडहवा गाउँपालिकालाई ३-० कै सोझो सेटमा जित दर्ता गर्दै फाइनल प्रवेश गरेको छ । उसले २५-८, २५-१३ र २५-१० को सहज जित हात पारेको हो ।

प्रतियोगिता अन्तरगत भोलि शनीबार सुद्धोधन र गैडहवा बीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ भने बुटवल र तिलोत्तमा उपाधि विजेताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्ने कार्यक्रम संयोजक शेरजंग गुरुङ्गले जानकारी दिए । यसैगरी विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको थियो । देवदह नगरपालिकाले टिम सहभागी गराउने प्रतिवद्दता जनाएपनी अन्तिम समयमा खेलाडी सहभागी नगराएको रेफ्री संम्याेजक बुद्दी बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको