१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कोशीका मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने



विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।

मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आव्हान भइसकेको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन् । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ३८ बजे

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’

जलजला हिमाल र बादलको लुकामारी

म्याग्दी । पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल

६० वर्ष भन्दा पुरानो पुलबाट मुक्ति पाउँदै बाँके-बर्दियाका यात्रुहरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको