२० माघ २०८२, मंगलबार | February 3, 2026

बाँकेको जानकीमा सृङ्खलाबद्ध लुटपाट गर्ने समुहका २ जना पक्राउ



नेपालगन्ज । सृङ्खलाबद्धरुपमा बाँकेको जानकीमा लुटपाट गर्दै आएको समुह मध्यका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जानकी गाउँपालिकाका बिभिन्न गाउँहरुमा डाँका चोरीमा संलग्न गिरोह मध्यका दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको हो ।

बिगत केही महिनादेखि जानकी र त्यस आसपासमा उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

हातहतियार देखाएर सर्वसाधारणको घरमा छिरेर लुटपाट गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले । बताए । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच थाना खैरीघाट नमाबङ्गलाका ५५ वर्षीय मनेश्वर गोडिया र सोही ठेगानाका ५२ वर्षीय कुलेराज कुर्मी रहेको उनले बताए ।

प्रहरीका अनुसार उनीहरूले गत चैत २६ गते राती १२ बजेको समयमा बाँकेको जानकी गाउँपालिका वडा नं. ४ जानकीनगरस्थित दुर्गाकुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनेर घरको ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसेर लुटपाट मच्चाएका थिए । उनीहरूले बन्दुक तथा धारिलो हतियार देखाएर घरमा रहेका तीन जना परिवारलाई कपडाले मुख छोपी हात बाँधेर घरभित्र रहेका सुनका गरगहना, मोबाइलहरू, पसलमा रहेका सामान तथा नगदसमेत लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ ।

उक्त लुटपाटमा ७/८ जनाको संलग्नता रहेकोमा हाल दुई जना पक्राउ गरी बाँके जिल्ला अदालतबाट तीन दिन म्याद थप लिई अनुसन्धान सुरु गरेको डएसपी डाँगीले बताए । अन्य दुई जना सन्दिग्ध व्यक्तिहरूको समेत पहिचान भई खोजतलास भइरहेको उनले जानकारी दिए । प्रहरीले उक्त घटनाभन्दा पहिले जिल्लाका अन्य स्थानमा पनि भएका यस्तै प्रकृतिका डाँका चोरीका घटनामा पनि उनीहरूको संलग्नता हुन सक्ने आशङ्का गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गत फागुन २३ गते मध्यराती जानकी गाउँपालिका ३ रुद्रपुर नयाँबस्तीमा लुटपाट गर्न आएका लुटेरा समुहको आक्रमणबाट स्थानीय सन्तोष कठरिया थारुको मृत्यु भएको थियो भने चैत्र महिनामा १०/१२ जनाको समूहमा हतियारसहित आएका लुटेरा समुहले जानकी गाउंपालिका वडा नम्बर ६, कपासीका लोकेन्द्र बुढाको घरमा लुटपाट गरेको थियो ।

लुटेरा समुहले घरधनी लोकेन्द्र बुढालाई कुटपिट गर्दै घरपरिवारलाई धम्क्याएर घरमा भएको नगद, गरगहना, मोबाइल लुटेर लगेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : ४८ बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा