१८ माघ २०८२, आइतबार | February 1, 2026

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।

सो अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीको मनोनयन कार्यक्रममा उपस्थित रहेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै छन् । यसपटक कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : ४९ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज