काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई मंगलबार अपराह्न सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।
लगातार संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अवधिमा भने संसदन संचालनमा सहघाएको छ । कांग्रेस संसदीयदलको आज बिहान बसेको बैठकले नीति तथा कार्यक्रम अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।



















प्रतिक्रिया