३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन



काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किएकी छन् । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई सघाउन बेलायत पुगेकी थिइन् ।

गत वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताइन् । मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्न र मानवता प्रवद्र्धनमा सघाउन पाउँदा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा समेत आश्रमसँग मानवीय कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता जनाइन् ।

सङ्कलित रकममध्ये रु ५२ लाख टिकट विक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैया आनी छोइङ ड्रोल्माज्यूको अटोवायोग्राफी पुस्तक फूलको आँखामा विक्रीबाट संकलन भएको छ । यस क्रममा पाँच जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवननिर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरुप रु पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि रु एक लाख ११ हजार एक सय ११ योगदान गरेका छन् । यस्तै मासिक रु आठ हजार योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने भएका छन् ।

कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो । प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पु¥याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताए ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलायतबासी नेपालीहरुको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यबाद दिदै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश घोषणा गराउन सकैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प लिएको छ । उक्त संकल्पलाई पुरा गर्न देशको सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याई ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार गर्दै आइरहेको आश्रमले हालसम्म १० हजार बढीको उद्धार गरी मानवोचित व्यवस्थापन गरिसकेको छ भने हाल देशरभर रहेका आश्रमका सेवा केन्द्रहरुमा एक हजार छ सय ५३ जना संरक्षणमा रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ३ : ०९ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख