१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’



बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई विशेष महत्व दिदै ‘जीवन परिवर्तन योजना’ ल्याएको छ ।

मादक पदार्थ सेवन नगर्ने प्रतिवद्धतासंगै लुगा खरिद गर्नेलाई सेवाग्राहीका लागि विशेष छुट दिने योजना अनुसार लुगाघरले ‘जीवन परिवर्तन योजना’ ल्याएको हो । योजना अनुसार मादक पदार्थ सेवन गर्दिन भन्ने प्रतिवद्धता जनाउने ग्राहकका लागि २० प्रतिशत छुट दिईने ‘जीवन परिवर्तन योजना’ ल्याएको हो ।

लुगाघरले बिहीबार पत्रकार सम्मेलन गरेर मादक पदार्थकै कारण हुने गरेको भयाभव दुर्घटना र यसका कारण हुने मानवीय र भौतिक क्षतिलाई रोक्ने गरि ग्राहक वर्गलाई विशेष छुटको योजना ल्याएको लुगाघरका संचालक प्रकाश भुसालले जानकारी दिए ।

उनी भन्छन–‘यो अभियानले सवारी दुर्घटनाबाट ठूलो जनधनको क्षतिलाई कम गर्न सहयोग पुर्याउने हामीले आशा गरेका छौ ।’ मादक पदार्थ सेवन नगर्ने प्रतिवद्घतासंगै लुगा खरिदमा २० प्रतिशत छुट हुने योजना ल्याएको भुसालले जानकारी दिए । एकातर्फ स्वदेशी उत्पादनलाई प्रवद्र्धन र अर्कोतर्फ मापसेबाट हुने दुर्घटनाको क्षति रोक्ने गरि सचेतना दिने यो अभियान थालेको उनले दाबी गरे ।

‘मापसेका कारण पारिवारिक बिछोड, झैझगडा, विवाद, स्वास्थ्य समस्या, आर्थिक समस्या जस्ता धेरै समस्या आउने गरेका छन्, तिनलाई कम गर्न हामीले ल्याएको योजनाले केही सहयोग पुर्याउने विश्वास छ ।’–उनले भने । अन्तराष्ट्रिय ब्राण्ड बनाएको कपडाहरुको शोरुपमार्फत जेठ ५ गतेबाट महिनाभरि २० प्रतिशतसम्म छुट दिन लागेको उनले जानकारी दिए । यो अभियान हरेक क्षेत्रबाट अगाडि बढाउन जरुरी रहेको उनले बताए ।

लुगाघरमा अहिले देशका आधा दर्जनबढि कम्पनीका लुगाहरु राखिएको उल्लेख गर्दै भुसालले एकपटक कपडा किनेपछि पुनः आउने ग्राहकहरु धेरै रहेको उनको भनाई छ । कार्यक्रममा डेल्टा मार्टका संचालक चोला पाठक, बाबुराम बन्जाडे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले लुगाघरले युवा वर्गकालागि ल्याएको ‘जीवन परिवर्तन योजना’ सबैको साथ मिलेमा सफल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : ५९ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता