१० चैत्र २०८२, मंगलबार | March 24, 2026

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट



नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि बैशाख मसान्तसम्म लक्ष्य राखिएको संख्याको हाराहारीमा मुद्दा फर्छ्योट गरेको छ । उक्त अवधिभित्र अदालतले १ हजार ४ सय ४६ मुद्दा फर्छ्योटको गर्ने लक्ष्य राखेकोमा १ हजार ४ सय २१ वटा मुद्दा फछ्र्यौट गरेको हो ।

अदालतले आज पत्रकार सम्मेलन गर्दै १० महिनाको अवधिमा लक्ष्यको नजिकै मुद्दा फर्छ्योट गर्न सकिएको जनाएको छ । पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार अदालतले साउन महिनामा ६८, भदौंमा १ सय १४, असोजमा ७२, कात्तिकमा ३३, मंसिरमा ८४, पुसमा १ सय ३, माघमा २ सय ३९, फागुनमा २ सय ८९, चैतमा २ सय २२ र बैशाखमा १ सय ९७ मुद्दा फर्छ्योट गर्न सकेको नेपालगन्ज इजलासका रजिस्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए । उनले अदालतले वार्षिक रुपमा १ हजार ८ सय ३२ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेकोमा हालसम्म ९८.२७ प्रतिशत प्रगति भएको बताए । उनका अनुसार अदालतमा सबैभन्दा बढी रिट निवेदन ३ सय ७८ वटा दर्ता भएकोमा २ सय ८० वटा फर्छ्योट भएका छन् ।

यस्तै लागु औषध सम्बन्धी २ सय ५१ वटा मुद्दा दर्ता भएकोमा १ सय ४५ वटा फर्छ्योट भएका छन । अंश सम्बन्धी १ सय ७५ वटा मुद्दा दर्ता भएकोमा ७९ वटा मुद्दा फर्छ्योट भएका छन् । यसैगरी करणी सम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता भएकोमा ८८ वटा फर्छ्योट भएका छन भने चोरी सम्बन्धी १ सय ८ वटा मुद्दा दर्ता भएकोमा ५५ वटा फर्छ्योट वाग्लेले बताए ।

नेपालगन्जमा कर्तव्य ज्यान सम्बन्धी ९५ वटा दर्ता भएकोमा ६६ वटा फर्छ्योट भएका छन । ज्यान मार्ने उद्योग अन्तर्गत ६७ वटा दर्ता भएकोमा ४१ वटा मुद्दा फर्छ्योट भएका छन् भने सम्बन्ध विच्छेद सम्बन्धी ४७ वटा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छ्योट भएका छन । त्यस्तै सो अवधिसम्म अन्य १ हजार २ सय २४ वटा मुद्दा दर्ता भएकोमा ५ सय ४० वटा मुद्दा फर्छ्योट भएको रजिस्ट्रार वाग्लेले बताए ।

पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले अदालतमा धेरै कुरा आफूहरूले सुधार ल्याएको दाबी गरे ।वार्षिक लक्ष्य अनुसार अदालतले मुद्दा फर्छ्योट गरेको उल्लेख गर्दै उनले अदालतमा डिसिएम पद्धति लागु भएपछि काममा धेरै सहजता आएको बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ४ : ४७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई