२९ मंसिर २०८२, सोमबार | December 16, 2025

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट



नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि बैशाख मसान्तसम्म लक्ष्य राखिएको संख्याको हाराहारीमा मुद्दा फर्छ्योट गरेको छ । उक्त अवधिभित्र अदालतले १ हजार ४ सय ४६ मुद्दा फर्छ्योटको गर्ने लक्ष्य राखेकोमा १ हजार ४ सय २१ वटा मुद्दा फछ्र्यौट गरेको हो ।

अदालतले आज पत्रकार सम्मेलन गर्दै १० महिनाको अवधिमा लक्ष्यको नजिकै मुद्दा फर्छ्योट गर्न सकिएको जनाएको छ । पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार अदालतले साउन महिनामा ६८, भदौंमा १ सय १४, असोजमा ७२, कात्तिकमा ३३, मंसिरमा ८४, पुसमा १ सय ३, माघमा २ सय ३९, फागुनमा २ सय ८९, चैतमा २ सय २२ र बैशाखमा १ सय ९७ मुद्दा फर्छ्योट गर्न सकेको नेपालगन्ज इजलासका रजिस्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए । उनले अदालतले वार्षिक रुपमा १ हजार ८ सय ३२ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेकोमा हालसम्म ९८.२७ प्रतिशत प्रगति भएको बताए । उनका अनुसार अदालतमा सबैभन्दा बढी रिट निवेदन ३ सय ७८ वटा दर्ता भएकोमा २ सय ८० वटा फर्छ्योट भएका छन् ।

यस्तै लागु औषध सम्बन्धी २ सय ५१ वटा मुद्दा दर्ता भएकोमा १ सय ४५ वटा फर्छ्योट भएका छन । अंश सम्बन्धी १ सय ७५ वटा मुद्दा दर्ता भएकोमा ७९ वटा मुद्दा फर्छ्योट भएका छन् । यसैगरी करणी सम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता भएकोमा ८८ वटा फर्छ्योट भएका छन भने चोरी सम्बन्धी १ सय ८ वटा मुद्दा दर्ता भएकोमा ५५ वटा फर्छ्योट वाग्लेले बताए ।

नेपालगन्जमा कर्तव्य ज्यान सम्बन्धी ९५ वटा दर्ता भएकोमा ६६ वटा फर्छ्योट भएका छन । ज्यान मार्ने उद्योग अन्तर्गत ६७ वटा दर्ता भएकोमा ४१ वटा मुद्दा फर्छ्योट भएका छन् भने सम्बन्ध विच्छेद सम्बन्धी ४७ वटा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छ्योट भएका छन । त्यस्तै सो अवधिसम्म अन्य १ हजार २ सय २४ वटा मुद्दा दर्ता भएकोमा ५ सय ४० वटा मुद्दा फर्छ्योट भएको रजिस्ट्रार वाग्लेले बताए ।

पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले अदालतमा धेरै कुरा आफूहरूले सुधार ल्याएको दाबी गरे ।वार्षिक लक्ष्य अनुसार अदालतले मुद्दा फर्छ्योट गरेको उल्लेख गर्दै उनले अदालतमा डिसिएम पद्धति लागु भएपछि काममा धेरै सहजता आएको बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ४ : ४७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको