२३ माघ २०८२, शुक्रबार | February 6, 2026

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल



काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् ।

महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न आग्रह गर्दै उनले निर्वाचन समिति गठन गरी समितिले कार्य प्रारम्भ गरिसकेको जानकारी दिए ।

महासङ्घको गत वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न २७औँ राष्ट्रिय महाधिवेशनले केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि मिति निर्धारण गरेको थियो । सदस्यता शुद्धीकरणले अन्तिम रुप नलिइसकेकाले समयमा निर्वाचन हुन नसक्ने आशङ्का गरिएको थियो ।

कार्यक्रममा महासङ्घका पूर्वसभापति तथा वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, स्वतन्त्र र जिम्मेवार बनाउन नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले महासङ्घमा दलीय निकटताका आधारमा भागबण्डा खोज्ने प्रवृत्ति गलत भएको पनि बताए थियो ।

पूर्वसभापति हरिहर विरही, विष्णु निष्ठुरी, डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, वर्तमान सल्लाहकार निर्मला शर्मालगायतले महासङ्घलाई साझा र व्यावसायिक पत्रकारको छाता संस्थाकारुपमा कायम राख्न आग्रह गरे ।

साधारणसभाबाट साङ्गठनिक र आर्थिक प्रतिवेदनका साथै पत्रकारितालाई शुद्धीकरण गर्नेलगायत विभिन्न घोषणापत्र पारित गरेको छ । सो प्रदेश कमिटीको अधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : १० बजे

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा