१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ वटा मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ । बिभिन्न कम्पनीका ९ थान मोटरसाईकल फेला पारेको प्रहरीले मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्लामा पछिल्लो समयमा मोटरसाइकल चोरीका घटनाहरु दैनिकरुपमा बढेको भन्ने सर्वसाधारणको गुनासोका आधारमा विशेष प्रहरी टोलि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

डीएसपी डाँगीका अनुसार मोटरसाइकल चोरीमा संलग्न खजुरा गाउँपालिका वडा नं. ७ का बहुर बर्मा, सोही ठेगानाका फरिद दर्जी, उमेश वर्मा र राजन सोनीलाई प्हरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जना व्यक्तिलाई चोरी कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान एवम् कारबाही अगाडी बढाइएको उनले बताए ।

बरामद गरिएका मोटरसाइकलका सवारी धनि नखुलेका कारण आवश्यक कागजपत्रसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई बाँके प्रहरीले अनुरोध गरेको छ । बाँकेमा पछिल्लो समयमा दैनिकजसो मोटरसाइकल चोरीका घटना बढ्दै गएको भनेर सर्वसाधारणले गुनासो गर्दै आएका थिए ।

फेला परेका मोटरसाइकलको विवरण :

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : ३० बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह