६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान



बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि बुटवल उपमहानगरले संचालन गरेको गौशालामा आहार दान गर्नेहरुको संख्या बढ्दै गएको छ । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वन भित्र रहेको नन्दिनी गौशालामा हरेकदिन आहार दान गर्नेहरु पुग्ने गरेका छन् ।

मंगलबार बुटवल उपमहानगरको वडा नम्बर १० र रामनगर सामुदायिक वन उपभोक्ता समितिको संयुक्त लगानीमा गौशालामा रहेका पशु चौपायाका लागि आहार सहयोग गरिएको छ । आज गौशाला पुगेर वडा न १० को तर्फबाट २ टैक्टर पराल ६ बोरा चापट ३० केजी गुड प्रदान गरिएको छ भने टोल सस्थाहरु तथा रामनगर सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट १-१ ट्याक्टर पराल गौशलालाई प्रदान गरिएको छ ।

गौशालामा हाल बुटवलका बिभिन्न सडकमा छाडा छाडिएका ७ सय बढी चौपायालाई व्यवस्थापन गरिएको छ । गौशाला पु।्याइएका साँढेहरु एक आपसमा लडेर रगताम्य हुन थालेपछि समुदायकै सहयोगमा २ वटा अलग अलग गोठ बनाउन थालिएको बुटवल उपमहानगरले जनाएको छ । गौशालालाई धार्मिक पर्यटकीय स्थल बनाउने , मर्निङ वाकको लागी घुम्ने पार्क बनाउने, आयुर्वेद केन्द्र, योगा हल, गड्यौला मल कृषिका लागी गहत प्रशोधन केन्द बनाउने योजना रहेको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बताए । छाडा चौपायाका कारणले मुख्य सडकहरुमा सडक दुर्घट्ना हुने भएकाले छाडा चौपायाको ब्यबस्थापनमा जुटेको पाण्डेयले बताए ।

आहार हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल वडा नं १० का अध्यक्ष बल बहादुर पुनले छाडा चौपाया व्यवस्थापन र गौशाला संचालनबाट धर्म र पुन्यको काम भएको बताए । उनले वडाबासीको तर्फबाट आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वडा नम्बर १० का जनप्रतिनिधिहरु तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १० : १३ बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न