२१ भदौ २०८३, आइतबार | September 7, 2026

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान



बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि बुटवल उपमहानगरले संचालन गरेको गौशालामा आहार दान गर्नेहरुको संख्या बढ्दै गएको छ । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वन भित्र रहेको नन्दिनी गौशालामा हरेकदिन आहार दान गर्नेहरु पुग्ने गरेका छन् ।

मंगलबार बुटवल उपमहानगरको वडा नम्बर १० र रामनगर सामुदायिक वन उपभोक्ता समितिको संयुक्त लगानीमा गौशालामा रहेका पशु चौपायाका लागि आहार सहयोग गरिएको छ । आज गौशाला पुगेर वडा न १० को तर्फबाट २ टैक्टर पराल ६ बोरा चापट ३० केजी गुड प्रदान गरिएको छ भने टोल सस्थाहरु तथा रामनगर सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट १-१ ट्याक्टर पराल गौशलालाई प्रदान गरिएको छ ।

गौशालामा हाल बुटवलका बिभिन्न सडकमा छाडा छाडिएका ७ सय बढी चौपायालाई व्यवस्थापन गरिएको छ । गौशाला पु।्याइएका साँढेहरु एक आपसमा लडेर रगताम्य हुन थालेपछि समुदायकै सहयोगमा २ वटा अलग अलग गोठ बनाउन थालिएको बुटवल उपमहानगरले जनाएको छ । गौशालालाई धार्मिक पर्यटकीय स्थल बनाउने , मर्निङ वाकको लागी घुम्ने पार्क बनाउने, आयुर्वेद केन्द्र, योगा हल, गड्यौला मल कृषिका लागी गहत प्रशोधन केन्द बनाउने योजना रहेको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बताए । छाडा चौपायाका कारणले मुख्य सडकहरुमा सडक दुर्घट्ना हुने भएकाले छाडा चौपायाको ब्यबस्थापनमा जुटेको पाण्डेयले बताए ।

आहार हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल वडा नं १० का अध्यक्ष बल बहादुर पुनले छाडा चौपाया व्यवस्थापन र गौशाला संचालनबाट धर्म र पुन्यको काम भएको बताए । उनले वडाबासीको तर्फबाट आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वडा नम्बर १० का जनप्रतिनिधिहरु तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १० : १३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त