काठमाडौं । नेपालमा अहिले पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसामा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी र मधेस प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ ।
कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



















प्रतिक्रिया