७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतको लोकसभाको छैटौं चरणको मतदान आज



काठमाडौं । भारतको लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया पूरा भएको छ । आज छैटौं चरणको निर्वाचन हुदै छ । छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ ।

यी राज्यबाट कुल ८८९ उम्मेदवार चुनावी मैदानमा छन् । छैटौं चरणका लागि संसदीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको औसत सङ्ख्या १५ रहेको छ । आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारी लगायत धेरै हाई प्रोफाइल उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यस्तै धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रिय मन्त्रीहरू पनि चुनावी मैदानमा रहेका छन् ।

आज हुने छैटौं चरणको निर्वाचन अन्तर्गत उत्तर प्रदेशका १४, हरियाणाका १०, बिहारका ८, पश्चिम बङ्गालका ८, दिल्लीका ७, ओड़ीशाका ६, झारखण्डका ४ र जम्मु कश्मिरको एक सिटमा मतदान हुदैंछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज