३ पुस २०८२, बिहिबार | December 18, 2025

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी



काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन् ।

यस अघि अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए ।

एएनआईका अनुसार जय शाहले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले न त बीसीसीआईले कुनै अष्ट्रेलियालीलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको छैन । समाचार गलत हो । हाम्रो ध्यान भारतीय क्रिकेटको गहिरो ज्ञान भएको व्यक्ति छनोटमा छ । प्रशिक्षक भारतको घरेलु क्रिकेट बुझेको हुनुपर्छ ।’

यसअघि दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आईसीसी रिभ्युसँग कुरा गर्दै बीसीसीआईले उनलाई टीम इन्डियाको मुख्य प्रशिक्षकका लागि सम्पर्क गरेको बताउदै उनी अझै त्यसका लागि तयार नभएको बताएका थिए ।

लखनऊ सुपर जायन्ट्सका प्रशिक्षक जस्टिन ल्याङ्गरले हालै भारतीय टोलीको प्रशिक्षकका लागि आवेदन दिने अन्तिम मिति २७ मे रहेको छ । बोर्डले मे १३ मा प्रशिक्षकको विज्ञापन जारी गरेको थियो ।

मुख्य प्रशिक्षक पदका लागि भारतीय खेलाडीहरु गौतम गम्भीरको चर्चा सबैभन्दा अगाडी रहेको छ ।

यस अघि राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । द्रभिडले आउदो टी-२० विश्वकपपछि प्रशिक्षक पद छोड्दै छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ०५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका