१० बैशाख २०८३, बिहिबार | April 23, 2026

हरिकेन्सविरुद्ध नेपालको संघर्षपूर्ण जित



काठमाडौं । आइसीसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

यस खेलमा सुपर ओभरको अभ्यास समेत गरिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए ।

अब हेरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल आज राति हुनेछ ।

यो अभ्यास खेल पछि नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  १० : ३१ बजे

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु

दशौँ एनभीए लिग आजदेखि, महिला-पुरुष दुवैतर्फ प्रतिस्पर्धा

काठमाडौं । दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष