८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

निर्यात बढाउन पाकिस्तानले चीनको उदाहरण पछ्याउने : प्रधानमन्त्री सरिफ



इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताएका छन ।

आफ्नै कार्यालयमा आयोजित बैठकमा सरिफले ७० करोडभन्दा बढी मानिसलाई गरिबीबाट बचाउनको लागि चिनको सफलताले पाकिस्तानका लागि रोल मोडेलको रूपमा काम गरेको बताएका छन ।

उनले पाकिस्तान निर्यात बढाउनमा चीनको अनुभवबाट फाइदा लिन चाहेकाले विदेशी मुद्रा भण्डार बढाउन र गरिबी घटाउन प्रमुख कदमको रूपमा काम गर्ने उल्लेख गरेका छन ।

पाकिस्तान र चिनको लामो समयदेखिको प्रगाढ भाइचारा सम्बन्ध समयसँगै बलियो हुँदै गइरहेको बताउदै उनले कठिन समयमा पाकिस्तानलाई सहयोग गरेकोमा चिन राष्ट्रसहित चिनियाँ नेतृत्व र जनता प्रति आभार प्रकट गरे ।

यसैगरी चिन–पाकिस्तान आर्थिक करिडोरको ढाँचाअन्तर्गत स्थापना भइरहेका विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई प्रधानमन्त्री मोदीले प्रोत्साहित गरे ।

सन् २०१३ मा सुरु गरिएको, चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख परियोजना, सिपिइसी, दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो, जसले ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई स्ष्ट पार्छ ।

सिपिइसीको नयाँ चरणको लागि पूर्णतयारी भइरहेको र यसको सफल थालनीले पाकिस्तान र चीनबिचको आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्ने प्रधानमन्त्री मोदीले बताए ।

पाकिस्तान कृषि प्रधान देश भएकाले कृषिमा चीनको आधुनिक प्रविधि र प्रविधि अपनाएर उत्पादकत्व बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गर ।

यसै क्रममा उनले चिनियाँ कम्पनीलाई पाकिस्तानमा विद्युतीय र हाइब्रिड सवारीका लागि प्लान्ट स्थापना गर्न आमन्त्रित गर्दै यसले देशलाई यातायात क्षेत्र लक्ष्य हासिल गर्न मद्दत गर्ने बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ४ : ३५ बजे

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका