८ पुस २०८२, मंगलबार | December 24, 2025

निर्यात बढाउन पाकिस्तानले चीनको उदाहरण पछ्याउने : प्रधानमन्त्री सरिफ



इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताएका छन ।

आफ्नै कार्यालयमा आयोजित बैठकमा सरिफले ७० करोडभन्दा बढी मानिसलाई गरिबीबाट बचाउनको लागि चिनको सफलताले पाकिस्तानका लागि रोल मोडेलको रूपमा काम गरेको बताएका छन ।

उनले पाकिस्तान निर्यात बढाउनमा चीनको अनुभवबाट फाइदा लिन चाहेकाले विदेशी मुद्रा भण्डार बढाउन र गरिबी घटाउन प्रमुख कदमको रूपमा काम गर्ने उल्लेख गरेका छन ।

पाकिस्तान र चिनको लामो समयदेखिको प्रगाढ भाइचारा सम्बन्ध समयसँगै बलियो हुँदै गइरहेको बताउदै उनले कठिन समयमा पाकिस्तानलाई सहयोग गरेकोमा चिन राष्ट्रसहित चिनियाँ नेतृत्व र जनता प्रति आभार प्रकट गरे ।

यसैगरी चिन–पाकिस्तान आर्थिक करिडोरको ढाँचाअन्तर्गत स्थापना भइरहेका विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई प्रधानमन्त्री मोदीले प्रोत्साहित गरे ।

सन् २०१३ मा सुरु गरिएको, चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख परियोजना, सिपिइसी, दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो, जसले ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई स्ष्ट पार्छ ।

सिपिइसीको नयाँ चरणको लागि पूर्णतयारी भइरहेको र यसको सफल थालनीले पाकिस्तान र चीनबिचको आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्ने प्रधानमन्त्री मोदीले बताए ।

पाकिस्तान कृषि प्रधान देश भएकाले कृषिमा चीनको आधुनिक प्रविधि र प्रविधि अपनाएर उत्पादकत्व बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गर ।

यसै क्रममा उनले चिनियाँ कम्पनीलाई पाकिस्तानमा विद्युतीय र हाइब्रिड सवारीका लागि प्लान्ट स्थापना गर्न आमन्त्रित गर्दै यसले देशलाई यातायात क्षेत्र लक्ष्य हासिल गर्न मद्दत गर्ने बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ४ : ३५ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना