२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

पोलियोविरुद्धको आइपीभी खोप : राप्तीसोनारीमा ४० प्रतिशतले खोप लगाउँदा खजुरामा १३ प्रतिशतलाई खोप लगाइयो



नेपालगन्ज । बांकेमा आजदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय खोप अन्तर्गत बाँकेमा २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई खोप दिइएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा ३५ हजार ६ सय ६ बालबालिकालाई लक्षित गर्दै खोप अभियान सुरु गरिएकोमा आज ८ हजार ७३ जनाले खोप लगाएका छन् । जेठ १८ गतेसम्म अभियान चलाउने र छुटेको पाइएमा २४ गतेसम्म नै खोप लगाउने तयारी गरिएको फोकलपर्शन श्रेष्ठले बताए ।

खोप अभियानको पहिलो दिन सबै भन्दा बढी राप्ती सोनारीमा र सबै भन्दा कम खजुरामा बालबालिकाहरु खोप लगाउन आएको उनले जानकारी दिए । उनका अनुसार राप्ती सोनारीमा लक्षित संख्यामा ४० प्रतिशत बढी र खजुरामा १३ प्रतिशत बालबालिका खोपकेन्द्रमा खोप लगाउन आएका थिए ।

जिल्लामा २ सय ४३ खोप केन्द्रमा एक-एक जना खोप लगाउने व्यक्ति र ४ सय ८६ जना स्वयंसेवक परिचालन गरिएको छ । आइपीभी खोप १४ हप्ता र ९ महिना उमेरका बालबालिकालाई लगाइन्छ । यो उमेरमा छुटेमा ५ वर्षभित्र ४(४ महिनाको फरकमा खोप लगाइन्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ८ : २९ बजे

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई