४ पुस २०८२, शुक्रबार | December 19, 2025

पोलियोविरुद्धको आइपीभी खोप : राप्तीसोनारीमा ४० प्रतिशतले खोप लगाउँदा खजुरामा १३ प्रतिशतलाई खोप लगाइयो



नेपालगन्ज । बांकेमा आजदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय खोप अन्तर्गत बाँकेमा २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई खोप दिइएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा ३५ हजार ६ सय ६ बालबालिकालाई लक्षित गर्दै खोप अभियान सुरु गरिएकोमा आज ८ हजार ७३ जनाले खोप लगाएका छन् । जेठ १८ गतेसम्म अभियान चलाउने र छुटेको पाइएमा २४ गतेसम्म नै खोप लगाउने तयारी गरिएको फोकलपर्शन श्रेष्ठले बताए ।

खोप अभियानको पहिलो दिन सबै भन्दा बढी राप्ती सोनारीमा र सबै भन्दा कम खजुरामा बालबालिकाहरु खोप लगाउन आएको उनले जानकारी दिए । उनका अनुसार राप्ती सोनारीमा लक्षित संख्यामा ४० प्रतिशत बढी र खजुरामा १३ प्रतिशत बालबालिका खोपकेन्द्रमा खोप लगाउन आएका थिए ।

जिल्लामा २ सय ४३ खोप केन्द्रमा एक-एक जना खोप लगाउने व्यक्ति र ४ सय ८६ जना स्वयंसेवक परिचालन गरिएको छ । आइपीभी खोप १४ हप्ता र ९ महिना उमेरका बालबालिकालाई लगाइन्छ । यो उमेरमा छुटेमा ५ वर्षभित्र ४(४ महिनाको फरकमा खोप लगाइन्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ८ : २९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज