२८ मंसिर २०८२, आइतबार | December 15, 2025

नरैनापुरमा बाँकेका २ पत्रकार माथि अभद्र व्यवहार



नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा रिपोर्टिङका लागि पुगेका २ जना पत्रकार माथि अभद्र व्यवहार भएको छ । नरैनापुर वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रम बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको आरोप लगाउँदै अभिभावकहरुले गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको समाचार संकलन गर्न पुगेका खबरगन्ज डटकम अनलाईनका खगेन्द्र दाहाल र सत्यम खबर डटकम अनलाईनका सचालक चन्द्रेश्वर राज त्रिपाठीमाथि दुर्ब्यहार भएको हो ।

तालाबन्दीको छायाँकन गर्दै स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा समाचार संकलनमा रोक लगाउँदै नरैनापुर वडा नं. ५ मा रहेका नेपाल राष्ट्रिय आधारभुत बिद्यालय जमुनहाका प्रधानाध्यापक सज्जाक खानका छोरा हसिब खाँ, भतिजाहरु जुनेद खाँ, वसिम खाँ र नसिम खाँ सहितका ब्यक्तिहरुले गाली गालौजसहित सञ्चार सामाग्री खोस्ने प्रयास गरेको पत्रकार दाहालले बताए ।

स्थानीय अभिभावकहरु शिक्षा शाखाका बिद्यालय निरीक्षक कृष्णकुमार थारु, प्रधानाध्यापक सज्जाकलगायतको मिलेमतोमा शिक्षा नियमावली विपरित शिक्षक भर्ना गरेको भन्दै तालाबन्दी गर्न शिक्षा शाखा पुगेका थिए । उनीहरुले लगाएको ताला निरीक्षक थारु र प्रधानाध्यापक खानले आफु निकटका युवाहरु बोलाएर तोड्न लगाएका छन् ।

नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रममा भएको आर्थिक चलखेलमा सज्जाक खाँको पनि संलग्नता रहेको अभिभावकहरुको आरोप छ । बिरोध जनाउन पुगेका अभिभावकहरुको मागका बारेमा सम्बाद समेत नगरि आफ्ना पक्षका युवाहरु बोलाएर ताला तोड्न लगाउनु अलोकतान्त्रिक तरीका भएको नरैनापुर वडा नं. ४ का प्रमोदकुमार शर्माले बताए ।

ताला लगाउनेहरुलाई पन्छाउँदै स्थानीय प्रहरीले ताला तोड्न आउकाहरुलाई सहघाएको पत्रकार त्रिपाठीले बताए । उनले स्थानीय प्रहरीमा आफुहरुमाथि दुर्व्यवहार गर्नेहरु विरुद्ध किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : ३२ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर