२ पुस २०८२, बुधबार | December 18, 2025

महिला ट्राफिक प्रहरीलाई राहत : महिनावारीका बेला सडकमा जानु नपर्ने

मापसे गर्नेहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिननपर्ने निर्णय गरेका छन् । गृहमन्त्रीले मङ्गलबारदेखि लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए। हाल उपत्यकाभित्र दुई सय १३ जना महिला ट्राफिक प्रहरी कार्यरत छन् । थापाथली ट्राफिक प्रहरी वृत्तमा सबैभन्दा धेरै १७ जना महिला ट्राफिक खटिएका उनले जानकारी दिए ।

ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् । थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताइन् ।

यसैबीच, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको छ । सवारी नियम उल्लङ्घनकर्तालाई उनीहरूले त्यसो नगर्न सम्झाउने छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : ३७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल