६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

गणतन्त्र दिवसमा खजुरामा बक्तृत्वकला प्रतियोगिता



खजुरा । गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरामा माध्यमिक र निम्न माध्यमिक तहका बिद्यार्थीहरुका बीच बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । मनकामना युवा क्लवले आयोजना गरेको खजुरा गाउँपालिका स्तरिय प्रतियोगितामा १४ विद्यालयहरुले भाग लिएका थिए ।

माबि तर्फको बक्तृत्वकलामा नेरामाबि मनकामनापुरकी आरुशी बि.क. प्रथम भइन् भने दोस्रोमा भानु मा बि उढरापुरकी रुक्साना खा र तृतीय स्थान जेनिथ माबि खजुराकी डेजी पराजुलीले जितिन् ।

त्यसैगरि आधारभूत निमाबि तर्फ जेनिथ माबिकी भावना एडी प्रथम हुँदा गुराँस चाइल्डहुड एकेडेमीकी आर्जु पङगेनीले दोस्रो र नेरामाबि मनकामनापुरकी नबिना बिष्टले तेस्रो स्थान हासिल गरिन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई मनकामना युवा क्लवका अध्यक्ष माधव शर्मा, निर्णयक मण्डलका संयोजक भोजराज गौतमलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताका अवसरमा बोल्दै ज्ञानोदय नमुना माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटाले यस्ताखाले प्रतियोगिताले बिद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर हुने बताए ।

आयोजक मनकामना युवा क्लवका अध्यक्ष शर्माले गणतन्त्रलाई सस्थागत गर्न र बिद्यार्थीहरुको प्रतिभालाई उजागर गर्न बतृत्वकला प्रतियोगिता संचालन गरिएको बताए । उनले यस्ताखाले प्रतियोगिता गाउँपालिकाको शिक्षा शाखाले आयोजना गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १० : १३ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस