७ चैत्र २०८२, शनिबार | March 21, 2026

देवदह खयरडाँडामा भेटियो साढे ३ मिटर गहिरो प्राचीन इनार



लुम्बिनी । स्थानीयहरुले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाँडामा प्राचिन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको हो ।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाई र साँढे ३ मिटर गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस(तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भने । उनका अनुसार प्राचीन इनार भएपनि कुन समयको भन्ने कुरा कार्बन डेटिङपछि मात्रै यकिन हुनेछ ।

इनारको दक्षिणतर्फ प्राचिन पर्खालहरु भग्नाअवशेषहरु भेटिएको उप्रेतीले बताए । उत्खननका क्रममा खयरडाडा क्षेत्रमा माटाका भाडा, प्राचीन इट्टाले लगाईको पर्खालका भग्नाअवशेषहरु भेटिएको छ । स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरु लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको उप्रेतीले बताए ।

बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनले बताए । रोहिणी पूर्वका नागरिकहरुले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए । तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरु पण्डितपुरमा भेटिएको छ ।

रुपन्देही देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको दरबार नै खयरडाडा क्षेत्रमा रहेको दावी गर्दै आएका छन् । प्राचिन कोलिय राज्यका क्षेत्रहरुमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताए । उनले खयरडाडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरु अगाडि बढाउने बताए ।

देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन अझै एक महिना चल्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ९ : ५२ बजे

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा