२५ माघ २०८२, आइतबार | February 8, 2026

श्रवणपथको औषधी पसलमा लागेको आगलागी नियन्त्रणमा



बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको थोक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ । साढे ९ बजे लागेको आगो झण्डै १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो ।

स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका जवानहरुले बुटवल उपमहानगरपालिकाको दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका हुन । औषधीको थोक कारोबार गर्ने आदर्श डिस्ट्रीब्यूटर्समा बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पसलका संचालक सम्पर्कमा नआएका कारण सटर फोडेर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी विजयराज पण्डीतले बताए । सर्जिकल र केमिकलको थोक बिक्रेता रहेको पसलका अधिकांस सामान जलेर नष्ट भएको उनले बताए ।

पसलको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । पसल संचालक बुटवल देखि बाहिर रहेको बुझिएको र उनी आएपछि बिल बिजकका आधारमा क्षतिको विवरण संकलन गरिने डीएसपी पण्डीतले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ५६ बजे

धादिङको महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु

मलेखु । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका