८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतीय प्रधानमन्त्री मोदीको शपथ आज



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् । मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए ।

एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह आइतबार साँझ ७: १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् ।

निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।

नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आज  बिहान दिल्लीतर्फ जाने भएका छन् ।

केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले सपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।

भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : २० बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश