२६ बैशाख २०८३, शनिबार | May 9, 2026

लाखौंको सामान बोकेको यात्रुबाहक बस भन्सार नतिरी ३ वटा जाँच चौकी पार गरेर नेपालगन्जमा



नेपालगन्ज । नेपालगन्जमा यात्रुबाहक बसभरी सामान राखेर भन्सार छलेर भन्सार कै बाटो भारतबाट नेपालगन्ज आउँदा पनि भन्सार प्रशासनले बेवास्ता गर्ने गरेको छ । बसमा भरिभराउ सामान लोड गरेर भारतीय सिमानाकाबाट भन्सारको ३ वटा जाँच चौकी पार गरेर नेपालगन्जमा पुगेपछि सामान बोकेको बस प्रहरीको नियन्त्रणमा परेको छ ।

नेपाल भारत सीमा प्रहरी, भन्सार र चौलिक्का चोकको शसस्त्रको जाँच चोकी पार गरेर बिना भन्सारको समान बोकेर नेपालगन्जको बिपी चोक पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारत तर्फबाट आउँदै गरेको भे. १ ख ३१४९ नम्बरको यात्रुबाहक बसलाई बिना भन्सारको सामान सहित नेपालगन्जज ११बि.पीचोकबाट प्रहरीले नियनत्रणमा लिएको हो । नियन्त्रणमा लिएको बसमा बस सहित २० लाख बढीको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसबाट २ थान एसी, ४९ थान कुर्ता सुरुवाल , ३० रोल थान कपडा बरामद भएको हो । बस सहित अन्दाजी २० लाख ४८ हजार बरामरको सामान ‍बरामद गरि भन्सार कार्यालय पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : ४५ बजे

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा