२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतबाट घुम्न आएका युवकको तिनाउको ड्याममा डुबेर मृत्यु



बुटवल । भारतबाट घुम्न आएका एक किशोरको तिनाउ नदीको ड्याममा डुबेर मृत्यु भएको छ । आज मध्यान्ह तिनाउको ड्याममा पौडी खेल्न गएका भारत गोरखपुर थाना, सैजन्वा रङ्‌गौलिग्रामका अन्दाजी १५ बर्षिय आर्यन कुमारको तिनाउमा डुबेर मृत्यु भएको हो ।

परिवारका सदस्य र साथीहरुसहित घुम्न आएका आर्यन मध्यान्ह २ बजे तिनाउको ड्याममा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाए लगत्तै प्रहरी चोकी दोभानको टोलि घटना स्थल पुगी खोजतलास गर्दा मृत अवस्थामा शव फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १० : ४१ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष