९ बैशाख २०८३, बुधबार | April 22, 2026

आइसीसी टी-२० विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित



काठमाडौं । भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो ।

अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । त्यस्तै इमाद वासिमले १५ रन रन बनाउँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३-१३ रन बनाए ।

पाकिस्तानलाई एक सय १३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट झारे । त्यस्तै अश्रदिप सिंह र अक्षर पटेलले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै एक सय १९ रनको योगफल बनाएको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ६ चौकासहित ४२ रन बनाए हुन । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान तीन तीन विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदीले एक विकेट झारे । यसहारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो । यस जितसँगै भारतले दुई खेलमा ४ अङ्क जोडेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ३५ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका