१ श्रावण २०८२, बिहिबार | July 18, 2025

टी-२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी



काठमाडौं । दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको ११४ रनको लस्क्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १०९ रन मात्र बनाएको थियो । बंगलादेशका लागि तोविद हृदोयले सर्बाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै ११३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्बाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए ।

यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समुह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ । त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो ।

अब बंगलादेशले अर्को खेल १३ जुनमा नेदरल्याण्डससँग खेल्ने छ भने दक्षिण अफ्रिकाले जुन १७ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ३४ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको