२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

टी-२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी



काठमाडौं । दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको ११४ रनको लस्क्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १०९ रन मात्र बनाएको थियो । बंगलादेशका लागि तोविद हृदोयले सर्बाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै ११३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्बाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए ।

यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समुह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ । त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो ।

अब बंगलादेशले अर्को खेल १३ जुनमा नेदरल्याण्डससँग खेल्ने छ भने दक्षिण अफ्रिकाले जुन १७ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ३४ बजे

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य