२३ चैत्र २०८२, सोमबार | April 6, 2026

जलविद्युत् समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले बढ्यो



काठमाडौं । जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ । जलविद्युत् कम्पनीहरुको मात्र आज रु दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक दुई दशमलव ५८, व्यापार दुई दशमलव १२, निर्जीवन बीमा दुई दशमलव १९, जीवन बीमा दुई दशमलव ४० र वित्त समूह दुई दशमलव १६ प्रतिशतले बढेको छ । बैंकिङ समूह एक दशमलव ७३, विकास बैंक एक दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ५९, लगानी एक दशमलव ०९ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।

त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ५० र अन्य समूहको उपसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ र कुमारी इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ९४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३६ करोड ३० लाख ९२ हजार नौ सय १० बराबरको पाँच लाख २५ हजार एक सय ८५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ३ : ५५ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ