२९ असार २०८३, सोमबार | July 13, 2026

खच्चड हिडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द



अछाम । खच्चड हिडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका-४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो ।

प्राविधिक नापजाँच, मूल्याङ्कन एवं परीक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइपुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागि पुल प्रयोग नगर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अपिल गरेका छन ।

अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाइ आवतजावतमा समस्या भइ सोही पुलबाट जोखिमपूर्ण तरिकाले हिँड्डुल गरिरहेकाले पुनः कुनै खालको अप्रिय घटना नहोस् भनेर सो पुलबाट आवतजावत नगर्न अनुरोध गरेका गरिएको हो ।

जीर्ण पुलको तत्काल मर्मतका लागि सोही स्थानबाट करिब दुई सय मिटरको हाराहारीको पञ्चदेवल विनायक नगरपालिका-९ ओदल्ताडा र दैलेखको आठबिस नगरपालिका-४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल यथा शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइएको प्रजिअ लम्सालले बताए ।

दुवै जिल्लाका स्थानीय प्रशासन र स्थानीय तहहरूको समन्वयात्मक प्रयासमा अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका-९ को ओदल्ताडा र दैलेख जिल्ला आठबीस नगरपालिका–४ को नैनेलमाडुमा निर्माणाधीन उक्त नयाँ झोलुङ्गे पुल १५ दिनभित्र सम्पन्न भई सञ्चालनमा ल्याउने गरी कार्यअघि बढेको र जीर्ण पुलको मर्मतको तयारीका लागि अछामबाट प्राविधिक कर्मचारीको टोली मिति जेठ २८ गते नै उक्त स्थानमा पुगी पुलको प्रारम्भिक निरीक्षण र नाप जाँच गरिसकेको छ ।

पुलको लट्ठा चुँडिएपछि पञ्चदेवल विनायक नगरपालिका-९ का चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : ०९ बजे

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं