७ पुस २०८२, सोमबार | December 23, 2025

विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते



धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन् । वेदकोट नगरपालिका-२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका-२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विस्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ । भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी धामी विस्फोट हुँदा घाइते भएका हुन् ।

घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका छन । प्रहरीले पोटास र गन्धक पट्किएको अनुमान गरेको छ । तर, प्रयोगशाला परीक्षणको प्रतिवेदन आएको छैन । शिक्षक भण्डारीले घरमा आँप र लिचीको खेती गरेको ठाउँमा जनावर चराचुरुङ्गी धपाउन विस्फोटक पदार्थ प्रयोग गर्दै आएको खुलेको छ । धामीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : ५० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत