५ पुस २०८२, शनिबार | December 20, 2025

कुन कुन देशले जितेका छन् अहिलेसम्म युरोकप ?



काठमाडौं । युरोकपको १७ औं संस्करण जुन १४ देखि शुरु हुदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियम मा खेलाईदै छ ।

युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । यस रिपोर्टमा हामी अहिलेसम्म युरोकपको उपाधि जितेका देश बारे चर्चा गर्दै छौं ।

अहिलेसम्म १६ पटक समपन्न यो प्रतियोगिताको सबै भन्दा धेरै पटक उपाधि जर्मनी र स्पेनले जितेका छन् ।

जर्मनी र स्पेनले ३-३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेको थियो ।

त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीलले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो ।

त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि बिभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।

त्यस बाहेक रसियाले १९६० मा, पोर्चुगलले २०१६ मा, नेदरल्याण्डसले १९८८ मा, डेनमार्कले १९९२ मा र ग्रीसले २००४ मा युरोकपको उपाधि जितेका थिए ।

ईङल्याण्ड २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ८ : १२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता