८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो



काठमाडौं । श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो ।

यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो ।

बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

यो खेलपछि समुह डी मा बंगलादेशक ओ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ । यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ ।

त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको छ । योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ ।
यस समुहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्डस र नेपाल रहेका छन् ।

अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्डस र श्रीलंका खेल्ने छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ७ : ३८ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश