२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नेपालमा तिब्र गतिको बलरको खोजी गर्न वर्ल्डलिंकको ‘बिट द स्पीड’ अभियान



काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ‘बिट द स्पीड’ अभियानमार्फत नेपालको सबैभन्दा तिब्र गतिको बलरको खोजी अभियान सुरु गरेको छ ।

‘बिट द स्पीड’ अभियान अन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी सहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा २००० भन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए ।

पूर्व बिर्तामोड सहरबाट सुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगंज, हेटौडा, काठमाडौँ, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थियो ।

यो अभियान क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को सहयोगमा आयोजना गरिएको हो। नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको यस अभियानबाट उत्कृष्ट सात फास्टेस्ट बलरहरु काठमाडौँमा अन्तिम  प्रतिस्पर्धाका लागि छानिएका छन् ।

लुम्बिनीबाट प्रदिप जैसवाल उमेर १९, हेटौडाबाट राहुल कुमार यादव उमेर १४, घोराहीबाट आयुष ओली उमेर १७, काठमाडौँबाट मिलन लुइँटेल उमेर २७, बुटवलबाट सन्देश थापा उमेर २१, महेन्द्रनगरबाट रबी दमाई उमेर १५ र धनगढीबाट आयुष द्वारीया उमेर १७ अन्तिम सात प्रतियोगिका रूपमा छानिएका छन् ।

नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने जानकारी वर्ल्डलिंकले दिएको छ। यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नई स्थित प्रतिष्ठित सएमआरएफ पेस फाउन्डेसनमा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ ।  यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरु सहितको श्रृङ्खला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरिनेछ।  साथै यसको विजेता घोषणा समेत सोही भिडियो मार्फत गरिनेछ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस ‘बिट द स्पीड’ अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ ।

वर्ल्डलिंक कम्युनिकेसन द्वारा आयोजित यस्ता अभियानहरूले नेपालमा युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै युवा खेलाडीहरुलाई खेलकुद तथा अन्य क्षेत्रमाहरु आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ ।

‘बिट द स्पीड’ क्याम्पेनको सफल समापन वर्ल्डलिंक र नेपाली युवा समुदाय तथा उनीहरूको विकास र प्रतिभा पहिचानमा टेवा पुर्याउने निरन्तर प्रयासको अर्को कोसेढुंगाको रुपमा प्रस्तुत गरेको छ। साथै आउँदा दिनहरूमा पनि वर्ल्डलिंक कम्युनिकेसनले, यस्तै प्रकारका थप उत्कृष्ट कार्यक्रम तथा अभियानहरु सहित आउने प्रतिबद्धता व्यक्त गरेको छ।

यस अभियानका सम्पूर्ण १८ वटा सहरहरुको प्रतिस्पर्धात्मक कार्यक्रमका भिडियोहरू यस कम्पनीको फेसबुक तथा युट्युब च्यानलमा उपलब्ध छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ७ : ४७ बजे

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त