१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नामिबियामाथि इङल्याण्डको फराकिलो जित



काठमाडौं । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत नामिबियालाई ४१ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले नामिबियालाई डक वर्थ लुइस नियम अनुसार ४१ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित भएको खेल १०-१० ओभर खेलाइएको थियो । इङल्याण्डले दिएको १२६ रनको लक्ष्य पछाएको नामिबियाले १० ओभरमा ३ विकेट गुमाउदै ८४ रन बनाएको थियो ।

यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दिया १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार नामिबियाले १० ओभरमा १२६ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि इङल्याण्डको ४ खेलमा ५ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ ।

अब इङल्याण्डको सुपर आठको यात्रा अस्ट्रेलिया र स्कटल्याण्डबीचको खेलको नतिजाले तय गर्ने छ । अस्ट्रेलियाले यो खेल जितेमा इङल्याण्ड सुपर आठमा जाने छ भने स्कटल्याण्डले जितेमा इङल्याण्ड बाहिरिने छ । त्यस्तै नामिबिया भने विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : १४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा