४ श्रावण २०८३, सोमबार | July 20, 2026

काठमाडौंको कपनबाट ६ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राजधानीबाट करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सीआईबीले आइतबार राति काठमाडौंको कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

कपनबाट राति बरामद भएको सुन १ किलो परिमाणको ६ थान र ४८ लाख रहेको सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले बताए । पक्राउ परेका चिनियाँ नागरिक पहिले देखिने खोजिमा रहेको उनले बताए । अनुसन्धान जारि रहेको भन्दै पक्राउ परेका चिनियाँ नागरिकको नाम भने उनले बताएनन्  । उक्त सुन स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीको प्रारम्भीक अनुमान रहेको छ ।

भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन सहितको अनुसन्धान गरिरहेको सीआईबीले अहिलेसम्म २० जनालाई पक्राउ गरिसकेको छ ।

तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ११ : २४ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री